त्रिभुवन विमानस्थलमा शुक्रबार बेलुकी अभिनेत्री जीया केसी खुबै लजाइन् । लामो समयदेखि निर्माता तथा अभिनेता भूवन केसीसँग बस्दै आएकी जीया स्कटल्याण्ड उड्नु अगाडि विमानस्थलमा पत्रकारसँग घेरिइन् । फिल्मका अन्य सदस्य विमानस्थलभित्र प्रवेश गर्दा पनि जीया कतै लुकेर बसिन् ।
उनी मिडियामाझ आउन असहज महशुश गरिरहेकी थिइन् । तर, अभिनेता भूवन केसी आफै गएर जीयालाई लिएर आए । जीया मिडियाको अगाडि तस्बिर खिच्न पनि मानिरहेकी थिनन् । भूवनले उनलाई नजिकै बोलाए र तस्बिर खिचाए । यसपछि, जीया र भूवन विमानस्थल भित्र प्रवेश गरेका थिए ।
अभिनेता भूवन केसीसँग बस्न थालेपछि जीया मिडियामा आएकी थिइनन् । यसैले पनि पहिलो पटक क्यामेराको अगाडि आउँदा उनी केहि गाह्रो महशुश गरिरहेकी थिइन् ।