नामकै कारण निर्माण घोषणा गरेदेखि नै चर्चामा आएको फिल्म ‘गाँजाबाजा’को चर्चा ट्रेलर रिलिजपछि अझ चुलिएको छ । ट्रेलरमा समावेश संवादका कारण सेन्सरका समयमा पुन बिवाद उत्पन्न हुने त है भन्ने प्रश्न पनि उत्पन्न भएको छ ।
‘गाँजाबाजा’ भूकम्पपश्चातको समयमा युवाहरुको गाँजा हनटिङ्गको कथा हो’ पोखरामा फिल्मका निर्देशक गणेशदेव पाण्डेले भने–‘फिल्म गाँजाको नशाको लागि जे पनि गर्नेहरुको एक दिनको कथा हो ।’ निर्देशक पाण्डेको पहिलो फिल्म’ मन्जरी’ नेपाली दर्शक धेरैले मन पराए । मञ्जरी तामील फिल्म ‘काधला’को नेपाली रिमेक हो ।
निर्देशक पाण्डेले ‘गाजाबाजा’कुनै पनि फिल्मको रिमेक वा एडप्टेड नभएकोे दाबि गरेका छन् । फिल्ममा सुशील सिटौला, अनुपमशर्मा, वर्षा सिवाकोटी, रविनथापा, उद्दव भट्टराई, अम्बर सुवेदी, रक्षाश्रेष्ठ, जीवन भट्टराई, गोपालअर्याल, कुविर सुब्बालगायतको अभिनय रहेको छ।
याकोपो रास्लिकले खिचेको फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मी फिल्मका निर्माता हुन् । यो फिल्म फागूण २५ गतेबाट रिलिज हुँदैछ ।