नेपाली फिल्ममा सफलता पाउँदै गरेकी अभिनेत्री अशिष्मा नकर्मी बैबाहिक बन्धनमा बाँधिने भएकी छिन् । उनले फागूण २८ गते बिहे गर्न लागेको थाहा भएको छ । अशिष्माको मागी बिबाह हो । नयाँ बानेश्वरमा बस्दै आएका ब्यवसायि नविन चन्द्र प्रधानसँग अशिष्माले बिहे गर्न लागेकी हुन् ।
अशिष्मा सन् २००३ बाट नेपाली मोडलिङ हुँदै फिल्म ‘अन्तराल’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन् । एक नेपाल भाषाको फिल्मबाट अशिष्मा फिल्म निर्माणमा पनि प्रवेश गरेकी छिन् ।