मिलन चाम्सको निर्देशनमा बनेको फिल्म ‘लिलिबिली’को ट्रेलर रिलिज गरिएको छ । चैत्र ३० गतेबाट रिलिज हुन लागेको फिल्मको ट्रेलरमा प्रेम, विछोड, खुशी, रोदन समावेश गरिएको छ । गोविन्द शाही, सुदिप खड्का र मिलन चाम्स मिलेर यो फिल्म बनाएका हुन् ।
यो फिल्ममा प्रदिप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ मुख्य भूमिकामा छन् । फिल्मको ट्रेलरमा भने प्रदिप र जसितालाई बढी स्थान दिइएको छ । यी दुइको प्रेमको कथामा फिल्म घुमेको वुझ्न सकिन्छ ।
प्रदिप भारद्धाजको कथामा तयार भएको फिल्मलाई सुदिप बरालले खिचेका हुन् । फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ ।