अहिले बलिउड फिल्मको राम्रो मार्केट चीनमा बनिरहेको छ । बलिउड अभिनेता आमिर खानको मुख्य भूमिका रहेको फिल्म ‘दंगल र सिक्रेट सुपरस्टार’ ले चीनमा तहल्का मच्चायो । योसँगै बलिउड फिल्मको यात्रा चीनमा पनि सुखद बनिरहेको छ । अब, अर्को एक फिल्मले पनि चीनमा राम्रो कमाई गरिरहेको छ । बलिउड अभिनेता सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘बजरंगी भाइजान’ले चीनमा राम्रो कमाई गरेको छ ।
चीनमा यो फिल्मले ३ दिनमा ५५ करोडको व्यापार गरेको छ । कविर खान निर्देशित यो फिल्मले भारतमा ३२० करोड कमाई गरेको थियो । चीनमा पनि फिल्मको कमाई आक्रामक भएको फिल्म पण्डितहरुले बताएका छन् ।