बलिउडमा प्रतिभाशाली र ह्यान्डसम हिरोको कुरा गर्ने हो भने, अभिनेता रणवीर कपुरको नाम अगाडि आउँछ । रणवीर अभिनयमा माहिर छन् । साथमा, उनका लाखौ फ्यान पनि छन् । रणवीर कपुरलाई लिनका लागि भारतका चर्चित फिल्म मेकरहरु पनि तछाडमछाड गर्छन् ।
अब, रणवीर कपुर यशराज ब्यानरले बनाउन लागेको नयाँ फिल्ममा काम गर्न तयार भएका छन् । यशराज ब्यानरले बनाउने नयाँ फिल्ममा रणवीरको अपोजिटको रुपमा अभिनेत्री बाणी कपुरले काम गर्नेछिन् । बाणीले यशराजको ब्यानरका ३ वटा फिल्म साइन गरिसकेकी छिन् ।
रणवीर अहिले आयान मुखर्जीको निर्देशनमा तयार भैरहेको फिल्म ‘ब्रम्हास्त्र’मा व्यस्त छन् । उनले, अभिनय गरेको अभिनेता संजय दत्तको बायोपिक फिल्म पनि यो बर्ष नै रिलिज हुनेछ ।