पत्रकारिता गर्दै फिल्म निर्देशनमा हामफालेका निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेको दोश्रो फिल्म ‘सुश्री सम्पत्ती’मा समावेश ‘झुम्की’ बोलको आइटम गीतको छायांकन गरिएको छ । यो गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले बोल्ड अवतारमा कम्मर मर्काएकी छिन् ।
सुरेश अधिकारीको शब्द तथा संगीत रहेको यो गीतमा मिना निरौला र राजन इशानको स्वर छ । फिल्ममा प्रियंका डिस्कोमा नाच्दै गरेको देख्न सकिनेछ । यो गीतको भिडियोमा प्रियंकालाई फिल्मका मुख्य कलाकार सलोन बस्नेत, प्रमोद अग्रहरि, विनोद न्यौपानेले साथ दिएका छन् ।
फिल्मको शिर्ष भूमिकामा साराले काम गरिरहेकी छिन् । रमेश त्वयनाले यो फिल्मलाई निर्माण गरिरहेका छन् । फिल्मको छायांकन पोखरामा भैरहेको छ ।