जब कुनै स्टारसँग काम गरिन्छ, नयाँ कलाकारको परिचय फेरिन समय लाग्छ । अझ, स्टार हिरो र नयाँ अभिनेत्री भएको खण्डमा त मिडियाले फलानोकी हिरोइन भनेर परिचित गराइदिन्छ । यसैले, स्टार कलाकारसँग काम गर्दा नयाँ अभिनेत्रीहरु छायाँमा पनि पर्ने गरेका छन् । अभिनेत्री जसिता गुरुङलाई यो कुराको डर छ कि छैन होला ?
अहिलेका स्टार कलाकार प्रदिप खड्कासँग काम गरेकी जसिता के ‘प्रदिपकी हिरोइन’ भनेर चिनिन चाहिन्छन् त ? जसिताले भनिन्–‘म त चाहन्छु मलाई जसिता गुरुङ नै भनेर चिनिउँ । तर, कसैले प्रदिपकी हिरोइन भन्छ भनेपनि मलाई आपत्ती छैन ।’
यो कुरा मिडिया र दर्शकमा भर पर्ने उनको भनाई छ । जसिताको डेब्यू फिल्म ‘लिलिबिली’ चैत्र ३० गतेबाट रिलिज हुँदैछ ।