अभिनेता अनमोल केसी फिल्म ‘कृ’को बिशेष शोका क्रममा कुमारी हलमा उपस्थित थिए । यसपछि, अनमोल मिडिया र दर्शकबाट भूमिगत जस्तै देखिएका छन् । अनमोल फिल्म चल्दा देखिने अनी फेरि नयाँ फिल्मको तयारीका लागि हराउने अभिनेताको रुपमा चिनिन्छन् । यसैले, फिल्म रिलिज नभएको समयमा अनमोललाई भेट्न मुश्किल नै पर्छ ।
अभिनेता केसी मिडिया र दर्शकबाट टाढा देखिएपनि विदेश भने पुगिरहेका छन् । फिल्म ‘कृ’को मार्च ११ मा हुने विशेष शोका लागि अभिनेता जापान उडेका छन् । उनी, बिहिबार बाबु भूवन केसी र फिल्म ‘कृ’का निर्माता सुवास गिरीको साथमा जापान उडेका हुन् ।
अनमोल र भूवन केसी आउने भन्दै केहि महिनादेखि नै जापानमा फिल्मको प्रचार भैरहेको थियो । अनमोल अभिनित यो फिल्मले नेपाली बक्स अफिसमा राम्रो कमाई समेत गरेको छ ।