अभिनेत्री बर्षा सिवाकोटीले फिल्म ‘जय शम्भु’को सुटिङका क्रममा अभिनेता अनुप विक्रम शाहीसँग जिस्किएका केहि तस्बिर फेसबुकमा शेयर गरिन् । फिल्म सुटिङका क्रममा निकै रमाइलो भएको बताउने बर्षा अनुपसँग काम गर्दा पनि रमाइलो भएको बताउँछिन् ।
अहिले बर्षाको हातमा फिल्मको अभाव छैन । एकपछि अर्को फिल्म हातमा परेकाले पनि उनी दंग मात्र होइन, उत्साहित पनि छिन् । यो फिल्ममा प्रशान्त ताम्राकारको पनि मुख्य भूमिका छ ।
फिल्मका केहि दृश्यमा बर्षा निकै राम्री देखिएकी छिन् । फिल्ममा उनले आफ्नो भूमिका के छ भन्ने खुलाएकी छैनन् । अमेरिकाको भिसा हातमा लिएर पनि जान नपाएकी बर्षा यो फिल्मको छायांकन सकेर केहि दिन अमेरिका जाने तयारीमा छिन् ।