नेपाली फिल्म हलमा आजबाट ३ फिल्म रिलिज भएका छन् । आजबाट यम थापाले निर्देशन गरेको फिल्म ‘हुर्रे’ रिलिज भएको छ । कमेडी कथामा बनेको यो फिल्ममा केकी अधिकारी, राजाराम पौडेल, अनुपविक्रम शाही, विजय बराल, अंकित खड्का, संगीता नापितको मुख्य भूमिका छ ।
कमेडी कथामा बनेको यो फिल्मले राम्रो कमाई गर्ने निर्माण टोलीको विश्वास छ । यस्तै, आजबाट फिल्म ‘गाँजाबाजा’ पनि रिलिज भएको छ । गणेशदेव पाण्डेको निर्देशनमा तयार भएको यो फिल्ममा सुशिल सिटौला, अनुपम शर्मा, बर्षा सिवाकोटी लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्म ‘मंगलम’ पनि आजैबाट रिलिज भएको छ । छविराज ओझाको निर्माण, नवल नेपालको निर्देशनमा तयार भएको फिल्ममा शिल्पा पोखरेल, पुष्पल खड्का, पृथ्वीराज प्रसाइको मुख्य भूमिका छ ।
यी तिन फिल्ममध्ये कुन हेर्ने दर्शकको चाहनामा भर पर्नेछ । तर, एकसाथ ३ फिल्म रिलिज हुँदा निर्मातालाई घाटा भने लाग्नेछ ।