बलिउड अभिनेता इरफान खान गम्भिर बिरामी भएका छन् । उनले ट्विटरमा ट्विट गर्दै आफू विरामी भएको र आफ्ना लागि प्रार्थना गर्न समेत आग्रह गरेका छन् । उनले, अबको १० दिनपछि आफूलाई के भएको हो बताउने समेत आफ्ना फ्यानसँग भनेका छन् ।
त्यतिबेलासम्म आफ्ना लागि प्रार्थना गर्न उनले आग्रह गरेका छन् । उनले पछिल्लो १५ दिनयता आफ्नो जिवन रहस्यमयी तरिकाले अगाडि बढेको समेत शेयर गरेका छन् । इरफानको यो ट्विटपछि उनलाई विभिन्न खालका रोग लागेको भनेर मिडियामा खबर आइरहेको छ ।
तर, डाक्टरले अहिलेसम्म यो बिषयमा केहि पनि बताएका छैनन् । बलिउडमा इरफान खान अभिनय गर्न माहिर कलाकारको रुपमा चिनिन्छन् ।