फिल्म ‘कृ’मा काम गरेपछि मोडल अदिती बुढाथोकी अभिनेत्रीको रुपमा छाइन् । उनलाई, दर्शकले रुचाएपनि । अभिनेता अनमोल केसीको जोडीको रुपमा पर्दामा देखिएकी अदिती भारतमा पनि मोडलिङमा सक्रिय छिन् । यसैले, अहिले उनी भारतमा नै छिन् ।
अभिनेता अनमोल केसीसँग काम गरेपछि धेरै अभिनेत्रीको भाग्य चम्किएको छ । अभिनेत्री अदितीको करिअर पनि त्यसरी नै चम्कने अपेक्षा गरिएको थियो । तर, सोचेअनुसार त्यस्तो भने भएको छैन ।
अदितीको करिअर अब के होला भन्ने चर्चा सुरु भएको छ । इन्स्ट्राग्राममा हट फोटो राखेर चर्चामा आएकी अदिती फिल्ममा भने गाउँले भूमिकामा देखिएकी थिइन् । अदितीलाई अहिलेसम्म कुनै नयाँ फिल्मबाट अफर भएको खबर सार्वजनिक भएको छैन ।