फिल्म ‘जय भोले’मा अफर गर्दा गाउँले भूमिका भएका कारणले गर्दा नगर्ने बताएको खबर सार्वजनिक भएपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्को आलोचना भयो ।
साम्राज्ञीले नगरेपछि अभिनेत्री स्वस्तिमा खड्काले त्यो भूमिका गरिन् । नेपाल बाहिर रहँदा आएको सो खबरको साम्राज्ञीले नेपाल आएपछि खण्डन गरेकी छिन् ।
उनले एउटा कलाकार भएपछि जुनसुकै भूमिका पनि गर्न तयार रहनुपर्ने भन्दै आफूले गाउँले भूमिका गर्दिन कहिल्यै नभनेको बताइन् । साथै, उनले फिल्मको कथा आफूले एकपटक सुनेको समेत बताइन् । फिल्मको कथा राम्रो रहेपनि आफूले समय अभावका कारण गर्न सक्दिन मात्र भनेको साम्राज्ञीले बताएकी छिन् ।
साम्राज्ञीले आफूलाई हरेक किसिमका भूमिका गर्न मन लाग्ने पनि स्पष्ट पारेकी छिन् ।