अभिनेता आशिरमान देशराज जोशीको पहिलो फिल्म ‘ग्याङस्टार ब्लूज’ असफल भयो । यो फिल्म नचलेपछि आशिरमान केहि महिना चुपचाप नै बसे ।
यो फिल्म चल्नु अगाडि नै निर्माता रोहित अधिकारीले उनलाई फिल्म ‘ब्रेकअप’मा १५ लाख पारिश्रमिक दिएर लिएको चर्चा चल्यो । तर, पछि आशिरमान फिल्म असफल भएपछि फिल्मबाट निकालिएको खबर पनि सार्वजनिक भयो ।
तर, यो फिल्म अब बन्दैछ र हिरो आशिरमान नै छन् । यो फिल्ममा अभिनेता सलोन बस्नेत पनि मुख्य भूमिकामा छन् । फिल्ममा सलोन हुँदा अभिनेतालाई गाह्रो पर्छ भनिन्छ ।
के आशिरमान त्यो सोच्छन् ? अभिनेताले फिल्मको घोषणा कार्यक्रममा आफूलाई त्यस्तो नलाग्ने बताए । साथै, उनले आफूले राम्रो काम गर्ने हो भन्दै अर्को कलाकार हुँदा आफूलाई छायाँमा पर्छु कि भन्ने डर नभएको समेत स्पष्ट पारेका छन् ।