अभिनेता साहिद कपुर र अभिनेत्री श्रद्धा कपुर अहिले फिल्म ‘बत्ती गुल मिटर चालु’को छायांकनमा व्यस्त छन् । यो फिल्मको हाल उतराखण्डमा छायांकन भैरहेको छ । तर, फिल्मको छायांकनमा यी दुई कलाकार हैरान भएका छन् ।
किनभने, उतराखण्डमा जहाँ यो फिल्मको छायांकन भैरहेको छ, सो ठाउँमा दिनमा १२ घन्टा सम्म विजुली गैरहेको छ । जसलेगर्दा, फिल्मको छायांकन पूर्ण रुपमा प्रभावित भएको छ ।
त्यहाँका स्थानिय जनताले फिल्मको निर्माण टिमलाई हरेक दिन १२ घन्टासम्म विजुली जान थालेको जानकारी समेत दिएका छन् । यसैले, साहिद र श्रद्धा विजुली जादा हैरान भएका छन् ।
नेपालमा बारम्बार बिजुली गएर फिल्मको छायांकन प्रभाव भएको खबर सार्वजनिक भएपनि बलिउड फिल्मलाई पनि बिजुलीले समस्यामा पारेको खबर कमै मात्र सुनिएको थियो ।