अभिनेता अनमोल केसीको क्रेज नेपालमा मात्र होइन, विदेशमा पनि उस्तै छ । अभिनेता केसीका यूवती फ्यानहरु बढी छन् । जापनामा आयोजना भएको अनमोल अभिनित फिल्म ‘कृ’को शोमा यूवतीहरुको बाक्लो उपस्थिती देखियो । अनमोललाई हेर्नै भनेर टाढा टाढाबाट यूवतीहरु हलमा पुगेका थिए ।
अभिनेता अनमोल केसी, निर्माताद्धय सुवास गिरी र भूवन केसी आइतबार जापानमा आयोजना भएको शोका लागि नै जापान गएका थिए ।
फिल्म हेर्न आएका दर्शकहरु अनमोलसँग सेल्फी लिन तछाडमछाड गरिरहेका थिए ।
अनमोलको नाम लिएर चिच्याउने यूवतीहरुको संख्या धेरै देखियो । अनमोलले पनि संभव भएसम्म धेरै फ्यानसँग सेल्फी खिचे । तर, भिड धेरै भएका कारण उनी हलबाट केहि बेरमै बाहिरिएका थिए ।