अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह केहि हप्ता अगाडि सार्वजनिक भएको उनको ट्याटु खोपिएको तस्बिरलाई लिएर मिडियासँग आक्रोशित भएकी छिन् । फिल्म ‘तिमीसँग’को पत्रकार सम्मेलनमा साम्राज्ञीले मिडियालाई नै तस्बिरमा नकारात्मक कमेन्ट धेरे आउनुको दोषी ठानिन् ।
उनले, मिडियाका कारण नकारात्मक कमेन्ट आएको भन्दै तस्बिरको वास्तविकता नवुझी मिडियाले खबर लेखेको आरोप समेत लगाइन् ।
उनले, अबदेखि वुझेर मात्र खबर लेख्न मिडियालाई उनले सुझाव समेत दिइन् ।
तस्बिर आफूले नभई ट्याटु बनाउने कलाकारले सार्वजनिक गरिदिएको भन्दै उनले मिडियाले यसलाई भ्रमपूर्ण रुपमा खबर प्रकाशन गरेको उनको आरोप थियो ।
साम्राज्ञीले यो बिषयमा अब आफू नबोल्ने भन्दै फिल्मको बारेमा प्रश्न सोध्न मिडियालाई आग्रह गरिन् ।