फिल्म ‘मिस्टर भर्जिन’को प्रदर्शन मिति तोकिएको छ । फिल्मको पोष्ट प्रोडक्शनको काम चल्दै गर्दा प्रदर्शन मिति तय गरिएको हो । फिल्म वि.सं २०७५ सालको भदौ १ गतेबाट रिलिज हुने भएको छ । भदौ महिनामा धेरै फिल्मले प्रदर्शन मिति तोकेका छन् ।
यो महिना धेरै बिदा परेकाले फिल्म रिलिज पनि धेरै हुने देखिएको छ । यो फिल्ममा गौरव पहारि, बिजय बराल, कमलमणि नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, श्रृजना सुब्बा लगायतका कलाकारलाई देख्न सकिनेछ । तीन यूवाको यौन मनोविज्ञानलाई फिल्मले उठान गरेको छ ।
फिल्ममा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, मिलन डी कापि्रको सम्पादन छ । फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । फिल्ममा खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेतको लगानी छ । सन्दिप उप्रेती यो फिल्मकासह-निर्माता हुन् ।