फिल्म ‘कोहलपुर एक्सप्रेस’को शिर्ष गीतको लिरिकल अडियो सार्वजनिक भएको छ । वैशाख १४ गतेबाट रिलिज हुन लागेको फिल्मको शिर्ष गीतको भिडियो भने तयार भैसकेको छैन ।
केकी अधिकारीले निर्माण गरेको यो फिल्मलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, विनोद न्यौपाने लगायतका कलाकार मुख्य भूमिकामा छन् ।
फिल्मको शिर्ष गीतमा कालिप्रसाद बाँस्कोटाको स्वर र संगीत छ । फिल्मको यो गीत विशेषगरि, हाइवेमा कुद्ने गाडीमा बज्ने पक्का छ ।
कमेडी जनराको यो फिल्मलाई लिएर केकी अधिकारी उत्साहित छिन् ।