अभिनेता प्रदिप खड्काको हातमा फिल्मको अभाव छैन । २ फिल्म हिट भएपछि उनलाई लिएर ठूला ब्यानरहरु फिल्म बनाउन हतारमा छन् । तर, प्रदिप कम फिल्ममा काम गरिरहेका छन् । उनी अभिनित फिल्म ‘लिलिबिली’ चैत्र ३० गतेबाट रिलिज हुँदैछ ।
यो फिल्मपछि प्रदिपले फिल्म ‘भैरवी’का लागि साइन गरिसकेका छन् । यो फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन् भने सुवास गिरीले निर्माण गर्दैछन् ।
यसपछि, भने फेरि प्रदिपले ‘लिलिबिली’ टिमकै फिल्म गर्दैछन् । फिल्मलाई मिलन चाम्सले नै निर्देशन गर्दैछन् । फिल्मको नाम ‘सोलीडोली’ राखिएको छ । फिल्मको छायांकन भदौबाट सुरु हुनेछ ।