नेपाली फिल्म क्षेत्रमा धेरै अभिनेत्री बिहेपछि हराएका छन् । बिहेपछि, धेरैको बैबाहिक सम्बन्ध लामो समय चल्न सकेको छैन । अभिनेत्रीहरुले करिअरलाई नै अगाडि बढाउँदा धेरैको सम्बन्ध टुटेको छ ।
केहिलाई छाड्ने हो भने बिहेपछि अभिनेत्रीहरु सफल छैनन् भन्न सकिन्छ । यसैविच, अभिनेत्री अशिष्मा नकर्मीले पनि सोमबार बिहे गरिन् । उनले बाँनेश्वरमा बस्दै आएका नविन चन्द्र प्रधानसँग मागी बिहे गरिन् । अशिष्माकै भनाइमा उनको बिहे अर्पझट भएको हो ।
बिहेपछि, अभिनेत्रीले करिअरलाई भन्दा परिवारलाई समय दिने बताइसकेकी छिन् । यसको अर्थ, अशिष्माले फिल्म क्षेत्रलाई नै अगाडि बढाउने संभावना कम छ ।
बहिनीको बिहे भैसकेकाले पनि अशिष्मालाई घरमा बिहे गर्ने दबाब थियो । अशिष्माले पनि परिवारको खुशी रोजेकी छिन् । उनले, आफ्ना श्रीमान्ले आफूलाई खुशीसाथ राख्ने विश्वास समेत गरेकी छिन् । फिल्म क्षेत्रमा करिअर फस्टाउँदै गर्दा उनको बाटो फेरिएको छ ।