अभिनेता सलिनमान बनियाँ नेपाली मिडियाका लागि खोजीका मात्र हुन् । पहिलो फिल्म ‘ए मेरो हजुर २’मा काम गरिसकेपछि उनको चर्चा धेरै भयो । फ्यान पनि उनले मज्जैले कमाए । तर, यसपछि उनी केहि महिना ब्रेक भए । सलिनमानले फिल्म नै नगर्ने जस्ता चर्चा पनि चले ।
तर, अब सलिनमानले फिल्ममा काम गर्ने मुड बनाएका छन् । उनले, अभिनेत्री झरना थापाको निर्देशनमा बन्ने फिल्ममा काम गर्ने पक्का भैसकेको छ । यसैविच, सलिनले निर्माता केशव भट्टराइको निर्माणमा बन्न लागेको नाम तय नभएको फिल्ममा पनि काम गर्न लागेको चर्चा चलेको छ । सलिनमानले, यो फिल्ममा काम गर्ने पक्का भैसकेको खबर सार्वजनिक भएको छ ।
तर, निर्माता केशव भट्टराइले सबै कुरा पत्रकार सम्मेलन गरेरै जानकारी दिने बताएका छन् । सम्राट शाक्यले फिल्मको निर्देशन गर्दैछन् । सलिनमान र अभिनेता सलोन बस्नेतले फिल्ममा काम गर्न लागेको चर्चा छ । फिल्मका लागि अभिनेत्रीको खोजी भने गरिएको छ ।