अभिनेत्री बर्षा सिवाकोटीले आफ्नो डेब्यू फिल्मको पाँचौ सिरिजमा काम गर्न अस्विकार गरेकी छिन् । बर्षा नेपाली फिल्म क्षेत्रमा ‘नाई नभन्नु ल २’बाट प्रवेश गरेकी थिइन् ।
यो फिल्मका पाँचौ सिरिज बनाउने तयारीमा निर्देशक विकास आचार्य लागेका छन् । फिल्मका लागि अभिनेत्री सिवाकोटीलाई फूपूको भूमिकामा अफर गरिएको थियो । तर, उनले यो भूमिकामा काम गर्न अस्विकार गरेकी छिन् । यो फिल्ममा उनी अभिनेत्री स्वस्तिमा खड्काको फुपूको भूमिकामा देखिनुपर्ने थियो ।
तर, फिल्ममा लिड भूमिकामा काम गरिरहेकी सिवाकोटीले आफ्नै उमेरकी अभिनेत्रीको फूपू बन्न मानिन् । फिल्म लभ स्टोरी कथामा बन्ने निर्देशक आचार्यको भनाई छ । अहिले, स्वस्तिमाको फुपूको भूमिकामा काम गर्ने कलाकारको खोजी भैरहेको छ ।