नेपाली फिल्मको व्यापार जस्तोसुकै भएपनि कलाकारको पारिश्रमिक भने बढेको बढै छ । केहि कलाकारका कारणले गर्दा फिल्म चल्न थालेपछि निर्माताहरु उनीहरु माथि लगानी खन्याउन लागिपरेका छन् । हाँस्य कलाकार केदार घिमिरेलाई फिल्म ‘रामकहानी’मा १० लाख पारिश्रमिक दिइएको थियो । अब, उनै केदारलाई एक निर्माताले २५ लाखको अफर गरेका छन् ।
केदारका अनुसार, उनले फिल्मका लागि संझौता गरिनसकेकाले गर्दा पनि नाम भन्न समस्या छ । फिल्मको कथावस्तु मनपरेपछि मात्र काम गर्ने उनको भनाई छ । केदार फिल्म ‘छक्का पन्जा’मा सफल भएपछि डिमाण्डेड बनेका छन् । यो पारिश्रमिकमा उनी काम गर्न तयार भएभने, उनी सबैभन्दा महंगा कलाकार हुनेछन् ।