फिल्म ‘चौका दाउ’ बन्ने भएको छ । यो फिल्मको काठमाण्डौमा घोषणा गरिएको छ । पुणेन्द्रु झाले फिल्मको निर्देशन गर्दैछन् । उनले यसअगाडि फिल्म ‘संरक्षण’ निर्देशन गरेका थिए । फिल्ममा संगीतकार शम्भुजित बास्कोटाको कथा तथा संगीत रहेको छ । शम्भुजितका छोरा सौयजीब यो फिल्मका निर्माता हुन् ।
यो फिल्म भित्र सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा र तैयब शाह मुख्य भूमिकामा छन् । फिल्मका लागि अभिनेता र अभिनेत्रीको खोजी गरिएको छ । फिल्ममा उत्कृष्ट कथा रहेकाले पनि आफू काम गर्न इच्छुक रहेको कलाकार सन्तोष पन्तको भनाई थियो ।
फिल्ममा दिर्घ गुरुङको छायांकमन, अभिमन्यू निरवीको पटकथा तथा संवाद, मित्रदेव गुरुङको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य रहनेछ । मनोजराज भण्डारी पनि फिल्मका निर्माता हुन् ।