अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीलाई दर्शकले फेरि नयाँ फिल्ममा देख्न पाउने भएका छन् । निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘चङ्गाचेट’मा प्रियंका र आयुष्मानको जोडी देखिन लागेको हो । यो जोडीले फिल्म ‘कथा काठमाण्डौ’मा एकसाथ काम गरेको थियो ।
अभिनेत्री कार्कीको नाम सार्वजनिक गरिएको थिएन । आयुष्मानको साथमा ऋचा शर्मा, रविन्द्र झा, सन्ध्या केसी फिल्मका लागि पहिले नै फाइनल भैसकेका थिए ।
यो फिल्मका लागि निर्देशक खनालले २५ लाख पारिश्रमिक लिएका थिए । फिल्मलाई माधव वाग्लेले निर्माण गर्दैछन् । फिल्मको छायांकन चाडै सुरु गर्ने दीपेन्द्रले बताएका छन् । फिल्ममा आयुष्मान र प्रियंकाले रोमान्स गर्दैछन् ।