फिल्म ‘लम्फू’को दोश्रो गीत रिलिज भएको छ । युटुबमार्फत फिल्ममा समावेश ‘दोधार’ बोलको गीत रिलिज गरिएको छ । दुर्गा खरेलको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र नरेश भट्टराइको शब्द छ । गोपालचन्द्र लामिछानेले निर्देशन गरेको यो फिल्मलाई शक्तिवल्दभ घोरासैनीले निर्माण गरेका हुन् । यो फिल्म वैशाख २८ गतेबाट रिलिज हुँदैछ ।
फिल्मको यो गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल र अभिनेता कविर खड्कलाई देखाइएको छ । मरिष्काले आफूले बिबाह गर्ने यूवकको बारेमा कल्पेको भावको यो गीत तयार भएको छ । फिल्ममा सलोन बस्नेत, चाँदनी शर्मा, कुसुम भट्टराई, कुशाग्र भट्टराइको पनि मुख्य भूमिका छ ।
यो गीतको भिडियोलाई शिव वीकले कोरियोग्राफी गरेका हुन् ।