अभिनेत्री आँचल शर्मा कलिउड नगरिमा खासै सफल छैनन् । उनी अभिनित फिल्म ‘जोनी जेन्टलम्यान’ असफल भएपनि अभिनेता पल शाहसँग नाम जोडिएपछि उनी यसैको कारण बढी चर्चामा छिन् ।
तर, अभिनेत्री भने अहिले मिडियालाई पाठ सिकाउन व्यस्त छिन् । कहिले, आफ्नो समाचार नै नलेख्न भन्ने आँचल कहिले मिडियाको प्रश्न नै सिल्ली भन्दै उडाइरहेकी छिन् ।
केहि फिल्ममा काम गर्दा नगर्दै आँचलमा घमण्ड पलाएको देखिन्छ । आँचलले फिल्ममा आफूले चुम्बन र बेडसिन नदिने पनि बताएकी छिन् । फिल्ममा यस्तो दृश्य दिनुपरेको खण्डमा काम नै नगर्ने उनले बताएकी हुन् ।
चैत्र ९ गते रिलिज हुन लागेको फिल्म ‘सत्रु गते’का लागि पत्रकारसँग कुरा गर्दै उनले आफूले मदिरा पिएको दृश्य दिन्न नभनेको भन्दै जिकिर पनि गरिन् ।