अमेरिकाबाट फर्किएको एक यूवा र उसको वरिपरीको कथालाई मुख्य आधार बनाएर तयार पारिएको फिल्म ‘अमेरिका बोइज’को टिजर सार्वजनिक भएको छ । जेठ १८ गतेलाई प्रदर्शन मिति तोक्दै फिल्मको टिजर रिलिज गरिएको हो ।
यो फिल्ममा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरासिया, अभय बराल, आशिषप्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मी भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउतको मुुख्य भूमिका छ । प्रवेश पौडेलले फिल्मको निर्देशन गरेका हुन् ।