अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘तिमी सँग’ चैत्र २३ गतेबाट रिलिज हुँदैछ । यो फिल्मलाई शिशिर रानाले निर्माण तथा निर्देशन गरेका हुन् । फिल्मले ३ जना अपरिचितहरुको प्रेम कथालाई प्रस्तुत गरेको छ । फिल्ममा साम्राज्ञीको साथमा नाजिर हुसेन, आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् ।
यो फिल्म अभिनेत्री शाहका लागि विशेष छ । कारण, यो फिल्म उनकै स्टारडमका कारण चल्नुपर्नेछ । साम्राज्ञीलाई २ वटा फिल्म चल्ने वित्तिकै नेपालमा स्टारडम बोकेकी नयाँ अभिनेत्रीको रुपमा चिनिएको छ । यसैले, पनि यो फिल्म उनका लागि चल्नैपर्छ ।
यसपटक इनिसियल व्यापार फिल्मले गरेको खण्डमा त्यसको क्रेडिट साम्राज्ञीले लिनेछिन् । यसअगाडि, उनले अभिनेता अनमोल केसी र सलिनमान बनियाँसँग यो क्रेडिट बाड्नु परेको थियो ।