फिल्म ‘सिवानी’को छायांकन सुरु गरिएको छ । यो फिल्मको छायांकन पूर्वबाट सुरु भएको हो । फिल्मलाई बर्दिवास, जनकपुर र सर्लाहीमा खिचिनेछ । फिल्मलाई यूपी खड्काले निर्देशन गर्दैछन् । फिल्ममा सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, खुश्वु खड्काको मुख्य भूमिका छ ।
फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन, पवन गौतमको छायांकन रहने जानकारी दिइएको छ । एक बालकको कथालाई फिल्मले पर्दामा देखाउनेछ । सुरेश खड्काको लगानीमा बन्न लागेको फिल्मबाट अभिनेत्री खुश्वु खड्काले ठूलै आशा गरेको बताइन् । निरन्तर फिल्म असफल भएपछि उनी फिल्म क्षेत्रमा चम्कन सकेकी छैनन् ।