फिल्म ‘नाई नभन्नु ल ५’मा अभिनेत्री केकी अधिकारीको इन्ट्री भएको छ । विकासराज आचार्यको निर्देशनमा बन्ने फिल्मको छायांकन भोलीबाट सुरु हुँदैछ ।
यो फिल्मलाई भदौ ८ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । यो फिल्ममा अभिनेत्री प्रियंका कार्की, स्वस्तिमा खड्का, बाल कलाकार अनुभव रेग्मी मुख्य भूमिकामा छन् । अब, फिल्म भित्र अभिनेत्री केकी अधिकारीको पनि इन्ट्री भएको छ ।
केकीको फिल्ममा विशेष भूमिका हुने निर्माता तथा निर्देशक विकासराज आचार्यले जानकारी दिएका छन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा विकास र सामिप्यराज तिमिल्सिनाको कथा, पटकथा तथा संवाद छ ।
नेपाली फिल्ममा सबैभन्दा धेरे सिक्वेल बन्ने फिल्म बनेको छ, ‘नाई नभन्नु ल ५’ ।