आउँदो बर्षको तिहारमा रिलिज गर्ने तयारीका साथ फिल्म ‘हाउसफूल ४’को निर्माण हुँदैछ । यो फिल्ममा अभिनेता अक्षय कुमार मुख्य भूमिकामा हुनेछन् । साथमा, फिल्मा बबी देबलको पनि इन्ट्री भएको छ ।
यसका निर्माता साजिद नाडियाडवालाका अनुसार, फिल्ममा भिएफएक्सको उच्च प्रयोग गरिनेछ । भिएफएक्स उच्च प्रयोग गरिएको पहिलो कमेडी फिल्म हुने उनको भनाई छ ।
यो फिल्ममा अक्षयको जोडीको चर्चा लामो समयदेखि चलिरहेको छ । अब, अभिनेत्री कृति सेननलाई अक्षयको जोडीको रुपमा फाइनल गरिएको छ ।
कृति र अक्षयको जोडी पहिलो पटक फिल्ममा देखिन लागेको हो । साजिद खानले फिल्मको निर्देशन गर्दैछन् ।