फिल्म ‘लिलिबिली’को तेश्रो गीत रिलिज भएको छ । ‘हावा सरी’ बोलको गीतमा फिल्मका मुख्य अभिनेता प्रदिप खड्का र अभिनेत्री प्रियंका कार्कीलाई देखाइएको छ ।
एस.डी योगी र मेनुका पौडेलको स्वर रहेको यो गीतमा एस.डी योगीको संगीत दिपेन्द्र घिमिरेको शब्द छ । सुदिप खड्का, गोविन्द शाही र मिलन चाम्सले मिलेर यो फिल्म बनाएका हुन् । फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । फिल्ममा नव-अभिनेत्री जसिता गुरुङ, अभिनेताद्धय अनुपविक्रम शाही र सविन श्रेष्ठको मुख्य भूमिका छ ।
सुदिप बरालको छायांकन रहेको यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।