अभिनेता प्रदिप खड्काले नयाँ फिल्ममा काम गर्ने तयारी गरेका छन् । उनले, काम गर्न लागेको नयाँ फिल्मको नाम ‘रोजी’ राखिएको छ । यो फिल्मलाई गोपिकृष्ण मुभिजले निर्माण गर्दैछ ।
फिल्मको छायांकन मिति टुंगो लागिसकेको छैन । तर, फिल्ममा प्रदिप मात्र फाइनल भएका छन् । फिल्मलाई निरक पौडेलले निर्देशन गर्दैछन् । यो फिल्मका लागि अभिनेत्रीको खोजी भैरहेको निरकले जानकारी दिएका छन् ।
प्रदिप अहिले फिल्म ‘लिलिबिली’को प्रचारमा व्यस्त छन् । यो फिल्मको प्रचार सकिएलगतै निरकले फिल्मको घोषणा गर्दैछन् ।