अभिनेता अनमोल केसीले नयाँ फिल्ममा काम गर्न लागेको खबर दैनिकजसो मिडियामा आउँछ । अनमोलले फिल्म ‘कृ २’मा पनि काम गर्न लागेको खबर सार्वजनिक भएको थियो । तर, अनमोल अहिले भने फिल्म ‘क्याप्टेन’मा काम गर्दैछन् ।
यो उनको होम प्रोडक्शनमा नै बन्न लागेको फिल्म हो । यो फिल्मपछि अनमोलले कुन फिल्म गर्छन् भन्ने कौतुहलता उनका फ्यानमाझ छ ।
अभिनेता केसीले निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गर्ने नयाँ फिल्ममा काम गर्न लागेको खबर सार्वजनिक भएको छ ।
भूवन केसीले नै बनाउने फिल्ममा अनमोलले काम गर्नेछन् । उज्ज्वल घिमिरेले फिल्म ‘वडा नम्बर ६’ निर्देशन गरेका थिए । कुनै समयमा चर्चित निर्देशकसँग के अनमोलले काम गर्लान् ? उनको भनाई नै कुर्न आवश्यक छ ।