अभिनेता प्रदिप खड्का फिल्म ‘लिलिबिली’को प्रचारका लागि मोफसलमा छन् । मोफसल दौडमा रहेका प्रदिपलाई हेर्न फ्यानको भीड लागेको छ ।
सोमबार बेलुकी चितवनको नारायणी नदिमा आयोजना भएको कन्सर्टमा प्रदिपलाई स्टेजसम्म पुग्न नै गाह्रो भयो । फ्यानको भीडले सेल्फी खिच्न लागेपछि उनलाई स्टेजसम्म पुग्न गाह्रो भएको हो ।
प्रदिप फिल्मकी अभिनेत्री जसिता गुरुङ, निर्माता सुदिप खड्का, निर्देशक मिलन चाम्ससँग मोफसल टुरमा छन् । फ्यानसँग प्रत्यक्ष संवाद गर्दै उनीहरु पत्रकार भेटघाट पनि गरिरहेका छन् ।
प्रदिपले चितवनमा आयोजना भएको पत्रकार सम्मेलनमा ‘लिलिबिली’ आफ्नो डेब्यू फिल्म भएको बताए । उनले, आफ्ना हरेक फिल्म डेब्यू नै हुने बताए । अभिनेत्री जसिताले आफूले राम्रो भूमिकामा काम गरेको बताइन् ।
चैत्र ३० गतेबाट रिलिज हुने फिल्मको इटहरी, धरान, दमकमा पनि कन्सर्ट हुनेछ ।