फिल्म ‘चंगाचेट’को छायांकन सुरु भएको छ । मंगलबारदेखि फिल्मको छायांकन काठमाण्डौमा सुरु गरिएको हो । धरान र जनकपुरमा पनि फिल्मको छायांकन हुनेछ । फिल्मको छायांकन अगाडि यसको शुभसाइत सम्पन्न भयो । चावहिलमा रहेको गणेश मन्दिरमा यो फिल्मको शुभसाइत गरिएको हो ।
माधव वाग्लेको निर्माणमा बन्न लागेको यो फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गर्दैछन् । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, ऋचा शर्मा, अर्पण थापा, परमिता आरएल राणा, सुरक्षा पन्त, रविन्द्र झा, माओत्से गुरुङ लगायतका कलाकार हुनेछन् ।
डार्क कमेडी जनरामा यो फिल्म निर्माण हुने निर्माता वाग्लेले पत्रकारलाई बताए । फिल्ममा प्रदिप भारद्धाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ ।