अभिनेता प्रदिप खड्काले नयाँ फिल्म साइन गरेका छन् । उनले निरक पौडेलले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘रोजी’मा काम गर्न लागेको खबर सार्वजनिक भैसकेको छ ।
अब, प्रदिपले यो फिल्मका लागि ‘रोजी’ भेट्टयाएकी छिन् । यो फिल्मका लागि अभिनेत्री मिरुना मगरले काम गर्ने पक्का भएको छ । यो फिल्मको छायांकन वैशाख ५ गतेबाट सुरु हुँदैछ ।
फिल्मलाई लभ स्टोरी कथामा बनाइनेछ । मिरुनाले अभिनय गरेको फिल्म ‘लालपूर्जा’ यो बर्ष रिलिज भएर असफल भएको थियो । यसकारण पनि मिरुनालाई दर्शकले खासै चिनेनन् ।
अब, गोपिकृष्ण मुभिजको ब्यानर र प्रदिपको साथ पाएपछि मिरुनाको भाग्य नचम्किएला भन्न सकिदैन ।