बलिउड अभिनेत्री रानी मुखर्जीले अभिनय गरेको फिल्म ‘हिच्की’ अहिले हलमा लागिरहेको छ । यो फिल्ममा रानी शिक्षिकाको भूमिकामा छिन् ।
बलिउडमा रानी बिहेपछि केहि सुस्ताइन् । उनले, बिहेपछि सामाजिक बिषयलाई उठान गरेका फिल्ममा काम गरिरहेकी छिन् । तर, रानीको छवि रोमान्टिक अभिनेत्रीको रुपमा बनेको छ । बलिउडका सुपरस्टारहरु साहरुख खान, सलमान खान, आमिर खानसँग उनले काम गरिसकेकी छिन् ।
रानी, आफूलाई अझै पनि रोमान्टिक सिनेमा गर्न मन लागेको बताउँछिन् । मिडियासँग बोल्दै रानीले, आफूलाई यो भूमिका गर्दा केहि फरक छ भन्ने लाग्यो भने रोमान्टिक क्यारेक्टर पनि गर्ने बताइन् ।
आफूलाई नयाँ फिल्ममा रोमान्टिक भूमिकामा दर्शकले हेर्न पाउनुभयो भने अचम्मित नहुन पनि उनले आग्रह गरिन् ।