मोडल तिर्सना वुढाथोकी सामाजिक संजालमा खुबै चर्चित छिन् । उनको चर्चा उनको कामले होइन । विवादस्पद तस्बिर र स्टाटसले हो । कामुक भिडियो लाइभ गरेर पनि उनी चर्चामा आउँछिन् ।
तर, अब उनको यो शैली एक फिल्ममा समावेश गरिएको छ । वैशाख १४ गतेबाट रिलिज हुन लागेको अभिनेत्री केकी अधिकारी निर्मित फिल्म ‘कोहलपुर एक्सप्रेस’मा तिर्सनाको शैली अभिनेत्री ऋचा शर्माले निकालेकी छिन् । ऋचाको नाम पनि फिल्ममा ‘तिर्सना’ नै राखिएको छ ।
ऋचाले पनि कार्यक्रममा आफूले ३ दिनसम्म तिर्सनाको भिडियो युटुबमा गएर हेरेको बताइन् । उनको स्टाइलको सिको गरेको ऋचाको भनाई छ ।
निर्देशक विशाल भण्डारीले पनि तिर्सनाको शैलीमा ऋचाको क्यारेक्टर बनाएको बताए ।