बलिउड अभिनेता आमिर खान, एउटा फिल्ममा काम गरेपछि त्यसमा सम्पूर्ण लगाव लगाउने गर्छन् । यहिकारणले गर्दा पनि आमिरका फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्छन् । अहिले अभिनेता आमिर खान फिल्म ‘ठग्स अफ हिन्दुस्तान’मा व्यस्त छन् । यो फिल्म तिहारमा रिलिज हुँदैछ । यो समयमा आमिरले अन्य २ वटा फिल्म साइन गरेको खबर मिडियामा सार्वजनिक भैरहेको छ ।
तर, आमिरका प्रवक्ताले विज्ञप्ती नै जारी गर्दै उनले नयाँ फिल्म साइन नगरेको बताएका छन् । साथै, आमिर अहिले पूर्ण रुपमा फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को काममा नै फोकस भएको उनका प्रवक्ताले बताएका छन् ।
आमिरले ‘महाभारत’ नामक फिल्म बनाउने तयारी समेत गरेका छन् । यो फिल्म निर्माणसम्म उनले अन्य फिल्म साइन नगर्ने चर्चा समेत छ ।