फिल्म ‘नेप्टे’मा समावेश नयाँ गीत बजारमा आएको छ । ‘आँखा छ चिम्रो’ बोलको गीत सार्वजनिक गर्दै यसका निर्माता रोहित रुम्बाले फिल्मको प्रचारलाई आक्रामक बनाएका छन् । चैत्र ३० गतेबाट यो फिल्म रिलिज हुँदैछ ।
यो गीतमा भिषण राई र दीपा लामाको आवाज छ भने रोहित रुम्बाले नै शब्द तथा संगीत भरेका छन् । फिल्ममा दयाहाङ राई, छुल्ठिम गुरुङ, वुद्धि तामाङ, रोहित रुम्बा, अर्जुन गुरुङ, पूर्णिमा लामाको मुख्य भूमिका छ । देबकुमार श्रेष्ठले फिल्मको निर्देशन गरेका हुन् ।
यो फिल्ममा किरण माइकलको पटकथा तथा संवाद, रोहितकै कथा, रोशन श्रेष्ठको एक्सन, तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, हरि लामाको छायांकन समावेश छ । कमेडी जनरामा यो फिल्म तयार भएको छ ।