अभिनेता अनमोल केसीले शुक्रबार आफ्नो २४ औं जन्मदिन मनाए । मार्च ३० तारिखमा जन्मिएका अनमोलले जन्मदिन मनाउँदै गर्दा उनका फ्यान, मिडियाले उनलाई शुभकामना व्यक्त गरे । तर, अनमोलका लागि विशेष शुभकामना उनका पिता भूवन केसीले नै दिए । पिता केसीले अनमोलर्लाइ जन्मदिनको शुभकामना दिदै आफू राम्रो पिता बन्न सकेको या नसकेको थाहा नभएको तर, तिमीले उत्कृष्ट छोरा सावित गरिसकेको भन्दै भूवनले स्टाटस लेखे ।
भूवनले यसो भनिरहँदा के अनमोलको नजरमा उनी राम्रो पिता हुन् त ? यसमा अनमोलले पनि प्रतिक्रिया दिएका छन् । अनमोलका अनुसार, भूवन संसारकै उत्कृष्ट पिता हुन् । भूवन जस्तो पिता पाउनका लागि आफूले अघिल्लो जन्ममा तपस्या नै गरेको अनमोलले बताएका छन् ।
यसबाट पनि थाहा हुन्छ कि अनमोल र भूवन कति नजिक छन् र एक अर्कालाई कति प्रेम गर्छन् ?