अभिनेता राजेश हमाल लामो समयपछि शनिबार मिडियामाझ देखिए । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दोश्रो फान अवार्ड’का विजेता, फिल्मीकर्मी र पत्रकारका लागि दिएको दिवा भोजमा राजेश हमाल पुगेका थिए । हमाल पुग्दा सबैजना अचम्मित पर्नु स्वभाविक नै हो ।
किनकी, हमाल सार्वजनिक कार्यक्रममा खासै पुग्दैनन् । शुक्रबार बेलुकी काठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजना भएको अवार्ड समारोहमा अन्य थुप्रै कलाकार पुग्दा पनि हमाल भने देखिएका थिएनन् । तर, शनिबार प्रधानमन्त्री ओलीले आयोजना गरेको दिवा भोजमा हमाल पुग्दा सबै अचम्मित हुनु स्वभाविक नै हो ।
अभिनेता हमालले केपी ओली प्रधानमन्त्री पदमा निर्वाचित हुने वित्तिकै पनि बधाई दिएका थिए । हमालका अभिव्यक्तिले उनी ओलीको फ्यान हुन् भन्ने वुझ्न पनि गाह्रो छैन । सायद, यहि कारणले हमाल बालुवाटार पुगेका हुन् कि ?