बलिउड अभिनेत्री दीसा पटानीले धेरै फिल्ममा काम गरेकी छैनन् । तर, केहि फिल्मले नै उनलाई बलिउडमा स्थापित अभिनेत्री बनाइसकेको छ । इन्स्ट्राग्राममा उनको १ करोड फ्यान बनिसकेका छन् । दीसाको सुन्दरता, जीउडाल र मुस्कानले धेरैलाई आकर्षित गरेको छ । दीसा अभिनित फिल्म ‘बाघी २’ अहिले हलमा लागिरहेको छ । जसले राम्रो कमाई पनि गरेको छ ।
उनै, दीसासँग परिवारका लागि समय नै छैन । दीसाका अनुसार जब उनी घरमा पुग्छिन्, उनी मात्र आफ्नो परिवारसँग समय बिताउन चाहन्छिन् । किनकी, आज उनीसँग उनको परिवारलाई दिने धेरै समय छैन ।
अहिले दीसाको यो व्यस्तता उनको परिवारले पनि वुझिसकेको छ । सायद, यहिकारणले गर्दा अहिले उनको परिवारले उनीमाथि गर्व गर्न थालेको छ ।