फिल्म ‘ब्ल्याक’मा समावेश दोश्रो गीत ‘पल पल हरपल’ सार्वजनिक भएको छ । सुगम पोखरेलको आवाज, डाक्टर कविराज वात्तवाको शब्द, महेश खड्काको संगीत छ । रमणिय लोकेशनमा खिचिएको यो भिडियोमा फिल्मका मुख्य २ कलाकार आकाश श्रेष्ठ र आँचल शर्मा फिचरिङ छन् ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोलाई रामशरण उप्रेतीले खिचेका हुन् । प्रदिप श्रेष्ठले यो फिल्मको निर्देशन गरेका हुन् । यो फिल्म जेठ ११ गतेबाट रिलिज हुँदैछ ।
यो फिल्ममा आकाश श्रेष्ठ, आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतका कलाकारलाई देख्न सकिन्छ । फिल्मकी निर्मात्री आश्मा पाण्डे हुन् । चन्द्र पन्तले द्धन्द्ध निर्देशन गरेको यो फिल्मलाई मौनता श्रेष्ठले लेखेका हुन् ।