जेठ ४ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘हैरान’को शिर्ष गीतको छायांकन सकिएको छ । सुरुमा यो गीतलाई प्रमोशनमा मात्र प्रयोग गर्ने योजना निर्माताले गरेका थिए । अब, यो गीत फिल्ममा पनि समावेश हुनेछ ।
विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेको यो फिल्मको शिर्ष गीतमा सबै कलाकारलाई देखाइएको छ । फिल्मका कथा लेखक गम्भिर बिष्टको कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकारहरुसरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित बिष्ट, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मालाई फिचरिङ गरिएको छ । यो फिल्म कमेडी कथामा तयार भएको छ ।
गीतमा सत्यराज आचार्यको शब्द तथा संगीत छ भने सत्य-स्वरूपले सरगम आचार्य र बबिता मानन्धरसँग मिलेर यो गीत गाएका हुन् । गीतको भिडियो चाडै सार्वजनिक गर्ने कलाकार गजित बिष्टले जानकारी दिए ।