फिल्म ‘लिलिबिली’को पहिलो शो जापानमा आयोजना भएको छ । जापानको टोकियोस्थित नकानो जिरो हलमा यो फिल्मको शो आयोजना गरिएको हो । फिल्म हेर्नका लागि जापानका नेपालीहरु बाक्लो रुपमा हल पुगेका थिए । फिल्मको शोका लागि नेपालबाट अभिनेता प्रदिप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाही जापान पुगेका थिए ।
फिल्म हेर्न आएका दर्शकमा प्रदिप र जसिताको क्रेज खुबै देखियो । प्रदिप र जसिता पुगेका कारण नै फिल्म हेर्न हलमा दर्शक पुगेका थिए । आयोजकले नेपाली फिल्म राम्रो बनेको भन्दै अबदेखि निरन्तर नेपाली फिल्म शो गर्ने बताएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्म नेपालमा चैत्र ३० गतेबाट रिलिज हुँदैछ ।